पट्यार लाग्दो निस्सार जिन्दगी बोकेर बिरक्तिको अँध्यारो आकाशमुनी बसी बहुरुपी सडक यात्री मानवहरुको हृदयलाई केस्रा केस्रा केलाइरहेकी अनु । आफनै विगतलाई खोस्रिदा खोस्रिदा भत्भती मुटु पोलिरहन्छ उनको, सेकुवा मासु जस्तै । शनिबारको दिन । विहान तीन बजेदेखि छ बजेसम्म रक्सीको तीन तले भाँडासंग कुस्ती खेल्नु भद्राको दैनिकी । आफ्नै जिन्दगीसंग संघर्ष गर्दा गर्दा क्लान्त छोरी…