काठमाडौँ । नेपालमा ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा बिहीबारदेखि तीन दिनसम्म सञ्चालन हुनेगरी ललितपुरमा आयोजना सम्मेलन गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा नेपालसहित जापान, अमेरिका, भारत, चीन, स्वीजरल्याण्ड, अस्ट्रेलियालगायत एक दर्जनभन्दा बढी देशका करिब एक सय ५० वैज्ञानिक…