१५ चैत्र २०८१, शुक्रबार | March 28, 2025

राजावादी आन्दोलनका क्रममा २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २ पुगेको छ । तीनकुनेस्थित चौरमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति एवम् नागरिक बचाऊ महाअभियानका नाममा भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा कीर्तिपुर नगरपालिका(४ गाम्चा घर भएका २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको छ । प्रहरीका अनुसार झडपका क्रममा उनको छातीमा गोली लागेको थियो…