काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा राष्ट्र समृद्धिको आधारशिला भएको बताएकी छन् । दिगो विकासका लागि जीवन विकास पुरस्कार, २०८१ वितरण समारोहमा उनले मुलुकको आन्तरिक आवश्यकता पूरा गर्न तथा अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादनका लागि व्यवहारिक, प्राविधिक र नवप्रवर्द्धनात्मक शिक्षाको खाँचो औँल्याइन् । पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा उपलब्ध प्राकृतिक स्रोतसाधनको दिगो उपयोग गर्दै स्वदेशी…