नेपालगन्ज । बाँकेको नेपालगन्जमा शुक्रबारदेखि पहिलोपटक रोजगार मेला लाग्ने भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना र बाँकेका ७ वटा स्थानीय सरकारको सहकार्यमा नेपालगन्जमा दुई दिने बाँके रोजगार मेला लाग्ने भएको हो । संघले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष टंकबहादुर…