१५ चैत्र २०८१, शुक्रबार | March 28, 2025

‘सत्ता सञ्चालकका कमजोरीलाई लिएर व्यवस्थामाथि दोष नथुपारौँ’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता सञ्चालकका कमजोरीलाई लिएर गणतान्त्रिक व्यवस्थामाथि नै दोष थुपार्ने काम नगर्न आग्रह गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको कर्णाली प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले व्यक्तिका कमजोरीलाई व्यवस्थामाथि थुर्पादा सही नहुने टिप्पणी गरे । मुख्यमन्त्री कँडेलले भने,“सत्ता सञ्चालनमा केही कमजोरी होलान्, नागरिकका अपेक्षाअनुसार हाम्रा गतिविधि सुधारेर जान सकिन्छ…