२७ चैत्र २०८१, बुधबार | April 9, 2025

कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?

काठमाडौं । “नछुने भई भनेर अलग्गै ढोका एक छेउमा पाँच दिनसम्म बस्नुपथ्र्यो, चुलामा आफूले केही छुन नहुने, कलकल पानी खान मन लाग्थ्यो, भोक लाग्थ्यो, पकाएर खान दिने मान्छे भए खायो, नत्र भोकै”, ६४ वर्षीया विष्णुमाया बुढाथोकी आफ्नो अतीत सम्झँदै भनिन् । दोलखाको सुस्पा क्षमावती–१ की विष्णुमायाले आफ्नो महिनावारी चक्रका अनगिन्ती यातनाका दिनलाई अहिले पनि बिर्सन…