विजया दशमी अर्थात दशैंको मुख्य दिन, आँगनको डिलमा छ । हुनेखाने सबै बजारमा छन् । कोरोना महामारीकै बीचमा पनि बजारमा किनमेल गर्नेहरु प्रशस्तै छन् । पुगिसरी आउनेहरू लत्ताकपडा, गरगहना र महंगा सरसामान र मुस्ताङे च्याङग्रा किन्ने होड छन् । नहुनेले पनि गच्छे अनुसार मरमसला केटाकेटीहरूलाई सडकका सस्ता कपडा किनेर कति गाँउ फर्कदै छन् कतिले सामान…