नेपालगन्ज । पछिल्लो जन आन्दोलन सकिएको १६ वर्ष पुरा भइसकेको छ । २०६२/६३ को आन्दोलन नेपाली इतिहासमा युगान्तकारी आन्दोलन थियो । नेपालमा त्यसअघि भएका सबै आन्दोलनहरुले सत्ता र सरकार परिवर्तन गरेपनि २०६२/६३ को आन्दोलनले व्यवस्था नै परिवर्तन गरिदिएको थियो । एउटै वंशको सन्ततीले राज गर्ने व्यवस्थालाई परिवर्तन गरेर जनताका सन्तान जनताकै अभिमतबाट राष्ट्र प्रमख बन्नेदेखि…