१८ मंसिर २०८१, मंगलबार | December 3, 2024

थपिए नेपालमा ३ आन्तरिक विमानस्थल, निर्माणाधिन विमानस्थलको ‘आइकाओ लोकेसन इण्डिकेटर’ तय

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माणाधीन अवस्थामा रहेको गुल्मी, इलाम र ओखलढुंगाका विमानस्थलको ‘आइकाओ लोकेसन इण्डिकेटर’ तय गरेको छ । प्राधिकरणले ती विमानस्थलको ‘आइकाओ लोकेसन इण्डिकेटर’ तय गरेसँगै नेपालमा औपचारिकरुपमा ३ वटा विमानस्थल थपिएका छन् । प्राधिकरणका अनुसार गुल्मीको रेसुंगा विमानस्थललाई अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको सूचकअनुसार एभिएशनको भाषामा ‘भीएनआरजी’ संकेत प्राप्त भएको छ ।…