काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे शेर्पाकोआफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको शेर्पाका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए । सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिमचितुवा’को पार्थिव शरीर शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने…