७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

नेपालगन्जमा हिन्दु मान्यजनले लगाईदिए मुस्लिम आफन्तलाई टीका र जमरा

नेपालगन्ज । बाँकेको नेपालगन्जलाई सदभावको शहरकारुपमा पनि चिन्ने गरिन्छ । कहिलेकाहीं नेपालगन्ज बाहिरका घुसपैठियाहरुले नेपालगन्जको सदभाव बिथोल्न खोजेपनि यहाँका स्थानीयहरुको भाइचारा भने अदभूत मेलमिलापपूर्ण रहेको छ । घर ब्यवहारमा मेलमिलाप मात्र होईन नेपालगन्जमा चाडपर्वमा देखिने मेलमिलाप पनि गहिरो र स्मरणीय छ । हिन्दु धर्म मान्ने स्थानीयबासी मोहर्रममा घरमा ताजिया सजाएर धार्मिक एकतामा सहभागी हुन्छन् भने…