काठमाडौं । शनिबार विहान थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । सर्लाही, बारा, चितवन, काठमाडौं, रुपन्देही, कपिलवस्तुमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएका परीक्षणमा सर्लाहीको गोडैतता कविलासी नगरपालिकामा सबैभन्दा धेरै १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना र बाराको करैयामाई गाउँपालिकाका एक जना र काठमाडौंका…