१ मंसिर २०८१, शनिबार | November 17, 2024

नेपालगन्जमा आइतबार मृत्यु भएका पुरुषमा पनि कोरोना पुष्टि, बाँकेमा एकैदिन मृत्यु भएका २ जनामा कोरोना पुष्टि

नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेजमा आइतबार मृत्यु भएका अछामका एक जना पुरुषको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । आइतबार साँझ उपचारका क्रममा मृत्यु भएका ५० बर्षिय पुरुषको सोमबार साँझ कोरोना पुष्टि भएको हो । मेडिकल कलेजमा उपचारकै क्रममा स्वाव संकलन गरिएको पुरुषको मृत्यु भईसकेपछि रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए…