२ मंसिर २०८१, आइतबार | November 17, 2024

पैँचोस्वरुप युरिया मल उपलब्ध गराउन नेपालको बङ्गलादेशसँग आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच बुधबार टेलिफोनमा कुराकानी भएको छ । त्यस क्रममा प्रधानमन्त्री ओलीले पचास हजार टन युरिया मल पैँचोस्वरुप बालीको यही याममा उपलब्ध गराउन बङ्गलादेशसँग आग्रह गरे । प्रधानमन्त्री ओलीले बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा प्रधानमन्त्री हसिना, बङ्गलादेश सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेको…