धनुषा । धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मङ्गलबार उक्त मेला लाग्छ । धनुषाको उत्तर–पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला भर्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका स्थानीय नित्यानद मण्डलले बताए । त्रेतायुगमा राजा…