झापा । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर-४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका बिरुवा वितरण गरिएको कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए । “जङ्गली हात्तीले बाली खाएर सखाप पारेको गुनासो धेरै आयो”, उनले भने, “कागतीबाट आम्दानी पनि राम्रो…