काठमाडौं । सप्तरी प्रहरीले लागुऔषध गाँजा भण्डारण गरिएको गोदाममा छापा मारेको छ। प्रहरीले राजविराज नगरपालिका-९ मठेलस्थित राजनारायण साहको गोदाम घरमा छापा मारेर २ हजार ४५१.५ किलो गाँजा बरामद गरेको छ। सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार फागुन १९ गते बिहान १० बजे साहको गोदाममा छापा मारी गाँजा बरामद गरेको हो। यसक्रममा उक्त गोदाममा…