काठमाडौँ – कोरोना भाइरस संक्रमणको महामारीका कारण बजारमा अत्याधिक माग भएको थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवशायी सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागिएको छ । काठमाडौँ जिल्ला अदालतले मुद्दाको सुनुवायी गर्दै अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागेको हो। न्यायाधिश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेकको बहस पछि धरौटी माग गरेको…