७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

पश्चिम रुकुम हत्याकाण्डको छानविन गर्न संसदीय समिति गठन

काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाबारे छानविन गर्न संसदीय समिति गठन भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले घटनाबारे छानविन गर्न संसदीय समिति गठनको घोषणा गर्नुभएको हो । सांसदहरुले केहि दिनयता रुकुम घटनाको निन्दा गर्दै संसदीय समिति गठनको माग गर्दैआएका थिए । सरकारले घटनामा संलग्नहरुलाई छानविन गरी कानुनअनुसार दण्डित गर्ने प्रतिवद्धता जनाइसकेको छ ।…