२ माघ २०८१, बुधबार | January 15, 2025

अनलाईन सट्टेबाजीमा पक्राउ परेका कलाकार र युट्युबरलाई चारदिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । अनलाइन गतिविधिमार्फत सट्टेबाज (जुवा) खेल्न प्रयोगमा आएको ‘वान एक्स बेट’ बेटिङ प्रचारको आरोपमा पक्राउ परेका कलाकारसहितलाई ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतमा उपस्थित गराएकामा ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा…