काठमाडौं । व्यवसायीलाई फोनमार्फत धम्की दिई पाँच करोड रकम माग गरेको आरोपमा पोखरामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका-२ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका-१४ घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका छन्। उनीहरूलाई बुधबार सिमलचौरस्थित डेराबाट…