धनुषा । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिएको छ । बिहीबार बसेको दलहरूको बैठकले जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,‘सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ…