काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति प्रकाशित गरी हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख डा. राजेश अहिराजलाई हटाएर उनको स्थानमा मिश्रलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । महोत्तरीका पुराना कांग्रेसी नेता…