दाङ । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ । पूर्व विद्यार्थीहरूलाई आफैंले अध्ययन गरेको विद्यालयमा आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्नुका साथै स्रोत अभिवृद्धिका लागि थालिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार, हालसम्म करिब एक करोड रुपैयाँ बराबरको स्रोत संकलन भइसकेको छ…