१२ मंसिर २०८१, बुधबार | November 28, 2024

भारतीय महले महको बजारीकरणमा समस्या, भारतीय मह आयात बन्द गर्न माग

नेपालगन्ज । बाँकेमा किसानले उत्पादन गरेको स्थानीय महको बजारीकरणमा समस्या देखिएको छ । जिल्लामा किसानले वार्षिक २० टन मह उत्पादन गर्दै आए पनि महको बजारीकरणमा समस्या रहेको कोहलपुर–११ स्थित सञ्जीवनी मौरी फार्मका सञ्चालक लीलबहादुर रानाले बताए । वार्षिक ३५ देखि ४० क्विन्टलसम्म मह उत्पादन गर्दै आएका रानाले जिल्लामा आवश्यक पर्नेभन्दा धेरै बढी मह उत्पादन भइरहेकाले…