नेपालगन्ज । सामाजिक संजालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादलाई मत्थर बनाउन भन्दै नेपालगन्जमा लाग्दै आएको कर्फ्यु र निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगिएको छ । बाँके जिल्ला प्रशासन कार्यालयले १८ गतेको आदेशलाई निरन्तरता दिँदै आज दिनभरिका लागि पनि नेपालगन्जको तोकिएको क्षेत्र भित्र निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयबाट उपमहानगरपालिका क्षेत्र भित्र (पूर्वमा राप्ती…