हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आइतबार हेटौँडामा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सङ्घीयताको सफल कार्यान्वयनबाट मात्र लोकतन्त्र बलियो हुने बताएका हुन् । पौडेलले जनप्रतिनिधले विकासको पूर्वाधार भन्नाले डोजरद्वारा सडक निर्माण गर्ने भन्ने बुझाइलाई…