भोजपुर । गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ । संरक्षण अभावमा पानीघट्टाजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन् । ओरालोमा पानीलाई कुलोमार्फत झारेर पङ्खा घुमाइ ढङ्गाको जातोको साहाराले मकै, गहुँ, कोदो, फापर, जौंलगायत अन्न पिस्ने पानीघट्टा विगतमा ग्रामीण क्षेत्रको प्रमुख कुटानीपिसानी विधि थियो । गाउँघरका बासिन्दाले…