भैरहवा । सरकारले बृहत्तर लुम्बिनीको अवधारणा कार्यान्वयनमा ल्याउने लक्ष्य लिएपछि स्वागत गरिएको छ । स्थानीय क्षेत्रमा लुम्बिनीको विकासको गति सुस्त भएका गुनासा आउन थालेपछि यो अवधारणा अघि सारिएको अनुमान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बृहत्तर लुम्बिनी अवधारणा कार्यान्वयनमा ल्याइने बताउनुभएको थियो । लुम्बिनी क्षेत्र…