बुटवल । बुटवल लेडी जेसीसको आयोजनामा २ दिने अनलाइन योगा कक्षा आइतबार सम्पन्न भएको छ । विश्वव्यापी कोरोना महामारीको प्रकोपबाट सुरक्षित रहन व्यक्तिगत सरसफाईका साथै मानसिक रूपमा स्वस्थ रहन र पूर्विय दर्शन योग, ध्यान प्राणायामको माध्यमबाट सहयोग पुर्याउने उद्देश्यले बुटवल लेडी जेसीजले यो अभियान शुरु गरेको बुटवल लेडी जेसिजका अध्यक्ष कल्पना पाण्डे कुसुमले बताउनुभयो ।…