लण्डन । बेलायतमा कोरोना भाइरसबाट अर्का एक नेपाली नागरिकको मृत्यु भएको छ । सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको हो । उहाँलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले…