लुम्बिनी । लुम्बिनी विकास कोषले महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ सम्बन्धमा लुम्बिनी क्षेत्रका जनतालाई सचेत गराउन अभियान शुरु गरेको छ । कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईका अनुसार संस्थाले सर्वसाधारणका नाममा जनचेतनामूलक सन्देश विकास कोष क्षेत्रको आसपासको ग्रामीण क्षेत्रमा स्थानीय भाषामा समेत प्रवाह गर्न थालेको हो । कोषले यसअघि लुम्बिनी सांस्कृतिक नगरपालिकाको कोभिड –१९ कोषमा …