४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

युवालाई विनाधितो सहुलियतपूर्ण कर्जा दिँदै तिलोत्तमा, उद्यम प्रस्ताव माग

तिलोत्तमा । कोरोना महामारीको कारण रोजगारीका अवसर संकुचित भैरहँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवाहरुलाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिने भएको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले प्रतिव्यक्ति बढीमा चार लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको हो । पहिलो चरणमा दुई करोड रुपैंयाँ कर्जा प्रवाह गर्नेगरी नगरपालिकाले युवाहरुसँग उद्यम प्रस्ताव आह्वान गरेको…