३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रदेश ५ प्रदेशसभाको छैटौँ अधिवेशन जेठ ९ गतेदेखि

बुटवल । जेठ ९ गते प्रदेश ५ प्रदेशसभाको छैटौँ अधिवेशनको लागि आह्वान गरिएको छ । नेपालको संविधान धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेशसभा नियमावली २०७४ को नियम ३(१) बमोजिम प्रदेशसभाका सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुरोध गरिएको प्रदेश ५ प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो…