४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

फौजी किराले मकैबाली नष्ट गरेपछि किसानहरु चिन्तित

भोजपुर । भोजपुरमा फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि किसानहरु चिन्तित भएका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो । गोडिसकेको मकैको किराले हरियो गुबो खाएर सखाप बनाएको टेम्केमैयुङ गाउँपालिका वडा ७ का किसान विजयकुमार राईले बताउनुभयो ।…