५ आश्विन २०८१, शनिबार | September 21, 2024

कोरोना संक्रमणबाट पाल्पाका ४५ वर्षीय पुरुषको मृत्यु, हालसम्म मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाउँपालिका सिरुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतबाट ५ दिन अघि स्वदेश फर्किएका ती व्यक्ति स्थानीय गाउँकै क्वारेन्टिनमा रहेका थिए । तर स्वाश्वप्रश्वासमा आएको समस्याका कारण उनी तानसेनस्थित मिसन अस्पतालमा भर्ना भएका…