५ आश्विन २०८१, शनिबार | September 21, 2024

जागिरबाट हटाइएपछि अस्पतालका कर्मचारीले गरे आत्मदाहको प्रयास

महेन्द्रनगर । अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आफ्नै जिउमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । अस्पतालको सेवाबाट निकालिएका २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ आहुजीले सोमबार विहान ९ बजेतिर आफ्नै जिउमा आगो लगाएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । उनको अवस्था गम्भीर रहेको र उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको उहाले बताउनुभयो ।…