५ आश्विन २०८१, शनिबार | September 21, 2024

सरकारको करसम्बन्धी भ्याकेट निवेदन खारेज

काठमाडौं । सर्वोच्च अदालतले बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन) खारेज गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले सोमबार महान्यायाधिवक्ता कार्यालयले शुक्रबार दर्ता गरेको भ्याकेट निवेदन खारेज गर्ने आदेश जारी गरेको सहन्यायाधीवक्ता सञ्जीवराज रेग्मीले जानकारी…