लमजुङ । हिमाली जिल्ला मनाङ जोड्ने बेँसीशहर–चामे सडक पहिरोले भासिएको छ । मङ्गलबार रातिदेखि अविरल वर्षासँगै माथिबाट आएको बाढीपहिरोले आज बिहान सो सडकखण्डको बेँसीशहर नगरपालिका–६ खरखरेभिरको सडक भासिएको हो । करिब २० मिटर सडक भासिएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका सबइञ्जिनियर सुमन अधिकारीले बताए । उनले भने, “सडकमाथिबाट आएको पहिरो र सडक तल मर्स्याङ्दी नदीले खोलेको…