काठमाडौं । नेपाल–चीन व्यापारको प्रमुख नाका, रसुवागढी भन्सार सुचारु हुन अवरोध भइरहँदा १० महीनादेखि चीनको केरुङमा रोकिएका सामान छुटाइदिन व्यवसायीहरूले सरकारका विभिन्न निकाय गुहारे पनि आश्वासन मात्रै पाउने गरेका छन् । कोरोना महामारीका कारण गत माघबाट उत्तरी नाकाहरू बन्द गरिँदा नेपाली व्यवसायीहरूले गतवर्ष नै चीनबाट आयात गर्न लागेका तयारी लत्ताकपडा, जुत्ताचप्पललगायत विद्युतीय सामग्रीसमेत गरी करीब…