६ आश्विन २०८१, आइतबार | September 22, 2024

सलह किरालाइ कुखुरा र माछाको आहार बनाउने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा सलह किरा भित्रिएमा त्यसलाई टिपेर माछा र कुखुराको दानाका रुपमा प्रयोग गर्न सकिने गरी आवश्यक तयारी गरेको छ । धान दिवस मनाउने सन्दर्भमा मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले सलह किराले पुर्‍याउनसक्ने क्षति रोक्नका लागि यस्तो रणनीति अवलम्बन गरिएको बताउनुभयो…