२ मंसिर २०८१, आइतबार | November 17, 2024

अतिक्रमणविरुद्ध आक्रामक बन्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरक्षेत्रका विभिन्न भागमा अतिक्रमण गरी बनाइएका विभिन्न संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ । सोही अभियानअनुसार महानगरपालिकाले मंगलबार राजधानीको मैतीदेवी मन्दिरको पछाडि रहेको राजकुलोको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू पूर्ण रूपमा नष्ट गरेको छ । महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलीले अतिक्रमण हटाएर जग्गा खाली गरेको…