तनहुँ । बन्दीपुर गाउँपालिका-४ सानो डुम्रेस्थित चुँदीखोलामा करेन्ट लगाई माछा मार्ने ९ जनालाई जरिवाना गराइएको छ । अवैधरूपमा खोलामा करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरूलाई जनही पाँच हजार रूपैयाँका दरले जरिवाना गराइएको प्रहरीले जनाएको छ । प्रहरीले करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा भानु नगरपालिका-१, कल्याणटार बस्ने विशाल परियार, सन्तोष परियार, श्रवण…