अमेरिकी कम्पनी मोर्डनाले विकास गरेको भ्याक्सिन ९५ प्रतिशत सफल भएको छ । भ्याक्सिनको ट्रायल गर्दा संकलन गरिएको सुरुवाती तथ्यांकअनुसार ९५ प्रतिशतमा सफलता मिलेको सो कम्पनीले जनाएको छ । मोडर्नाले यस सफलतालाई कम्पनीको ऐतिहासिक दिन भनेको छ । साथै केही हप्तामै भ्याक्सिनको प्रयोग सुरु गर्नका लागि अनुमति माग्ने प्रक्रिया सुरु गर्ने पनि कम्पनीले जनाएको छ ।…