काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । संसद विघटनको विरोधमा सर्वोच्चमा १२ रिट परेकोमा एउटा संवैधानिक इजलासमा पठाइएको छ । ११ वटा रिटको पेशी आजलाई तोकिएको छ । संवैधानिक इजलासको पेशी शुक्रबारका लागि तोकिएको छ । प्रतिनिधिसभा विघटनलाई…