काठमाडौं । राष्ट्रिय सभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार गरेको परीक्षणमा उनीहरूलाई कोरोना पोजेटिभ पुष्टि भएको संसद सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले जानकारी दिए । राष्ट्रिय सभाको यसपालिको हिउँदे अधिवेशनको पहिलो बैठक आज बस्दैछ । आज बैठक बस्ने भएपछि बिहीबार सांसद र कर्मचारीको स्वाब संकलन गरिएको…