बाह्रबिसे । भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १ सय मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ । तर ‘आँट गरे के पुग्दैन र ?’ भन्ने नेपाली भनाइलाई चरितार्थ गर्दै यहाँ यो काम सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिका-४ ठूलो पलाँतीमा आर्थिक वर्ष २०७१/७२ देखि जल उत्पन्न प्रकोप नियन्त्रण विभागको…