नेपालगन्ज । देशैभरी फ्रन्ट लाईनका स्वास्थ्यकर्मीहरुले कोरोनाविरुद्धको खोप लिई रहँदा बाँकेमा भने फ्रन्टलाईनमै कार्यरत एकजना स्वास्थ्यकर्मीको कारोना संक्रमणका कारण मृत्यु भएको छ । शुक्रबार बिहनै बाँकेमा कोरोना भाईरस संक्रमणका कारण एक स्वास्थ्यकर्मीको मृत्यु भएको हो । बाँकेको बैजनाथ गाउँपालिकाको टिटेहरिया स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारतीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको…