१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

मन्त्रीमण्डल विस्तारमा ढिलाइ, सत्ता गठबन्धन मन्त्रालय भागवण्डामै अल्झियो

काठमाडौं । सरकारले सत्ता गठबन्धनमा रहेको दलहरूलाई सहज हुने गरी कानुनी जटिलता हटाए पनि मन्त्रिपरिषद् विस्तारको गाँठो अझै फुकेको छैन । सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा समझदारी भए तापनि मन्त्रालय भागवण्डाको विषयमा सहमति जुटिनसकेका कारण अझै मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रले मन्त्रालयको भागवण्डाको कुरा नमिल्दा…